चितवन – चितवन केरा उत्पादक संघले भारतीय केरा आयातमा रोक लगाउन सरकारसँग माग गरेको छ । संघले एक विज्ञप्ति जारी गर्दै भारतीय केराका कारण नेपाली केरा किसान मारमा परेको बताएको हो । भारतबाट वैध तथा अवैध रूपमा केरा भित्रनु दुःखद रहेको भन्दै संघले नेपालमै उत्पादित केरालाई प्रथामिकता दिनुपर्ने बताएको हो । संघका अध्यक्ष माधवप्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा चितवनसहित विभिन्न जिल्लाका किसानले उत्पादन गरेको केरा खेतमै तयारी अवस्थामा रहने, तर विदेशी केराले बजार ओगट्नु दुःखद रहेको उल्लेख छ ।


ADVERTISEMENT


देशका ठूला बजारमा रहेका थोक केरा व्यापारी, खुद्रा व्यापारी र केही ठूला फलफूल व्यापारी मिलेर बजारलाई नियन्त्रणमा लिन खोजिएको विज्ञप्तिमार्फत बताइएको छ । ‘नेपाली किसानको उत्पादनलाई कमभन्दा कम दरमा खरीद गरी मार्ने काम भएको छ, यसलाई रोक्न भारतीय केरा आयातमा तत्काल रोक लगाउन माग गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।


ADVERTISEMENT

# # #


नेपाली केरा किसान भारतीय आयातित केराका कारण विस्थापित हुने अवस्थामा पुग्दा समेत सम्बन्धित निकायले ध्यान दिन नसकेको संघले बताएको छ । रासस