काठमाडौं – गृह मन्त्रालयले बाँकेमा भएका दुई घटनाका बिषयमा अनुसन्धान गर्ने आश्वासन दिएको छ ।


ADVERTISEMENT


बाँकेमा भएका दुई घटनाका बिषयमा स्थानीय प्रशासनले कुनै चासो नदेखाएको भन्दै २० दिन हिँडेर काठमाडौं आएका महिला टोलीसंगको भेटमा गृहमन्त्रालयका अधिकारीहरुले घटनाका बिषयमा अनुसन्धान गर्ने आश्वासन दिएका हुन् ।


ADVERTISEMENT

# # #


त्यस्तै गृहका अधिकारीहरुले घर फर्कन आग्रह गरेको टोलीमा रहेकी राष्ट्रिय महिला अधिकार मञ्च बाँकेकी सदस्य सकिना तेलीले बताइन् ।

उनले गृहमन्त्रालयका प्रवक्ता फणिन्द्रमणी पोखरेलसंग भेट भएको र घटनाका बारेमा जानकारी लिएको बताइन्। पिडितलाई न्याय दिने र अनुगमन तथा अनुसन्धान टोली गठन गर्ने र दुव्र्यवहार गर्ने प्रहरी अधिकारीलाई सोधपुछ गर्ने पनि गृहमन्त्रालयबाट आश्वासन आएको तेलीले बताइन् ।

महिलाहरुले आफूहरुको माग पुरा नभएसम्म र न्याय नपाएसम्म नफर्कने बताएका छन् ।

बाँकेको नेवाजी गाउँकी नन्कुन्नी धोबी आफ्नै घरमा मृत फेला परेको घटनामा अनुसन्धान नगरेको र नजिकैको परस्पुरगाउँकी एकल महिला निर्मला कुर्मी हराएको विषयमा पनि प्रहरी र प्रशासनले चासो नदेखाएको भन्दै केन्द्र सरकारको ध्यानाकर्षण गराउन महिलाहरु हिडेरै काठमाडौं आएका हुन् ।