काठमाडौं – नेकपा एमालेका महसचिव ईश्वर पोखरेलले एमालेलाई कसैले विभाजन गर्न नसक्ने बताएका छन् ।


ADVERTISEMENT


शनिबार नेकपा एमाले कीर्तिपुर नगर कमिटीले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा महासचिव पोखरेलले एमाले विभाजन भएको भनेर कसैले भ्रम सिर्जना गर्न खोजे त्यो यथार्थ नहुने बताएका हुन् ।


ADVERTISEMENT

# # #


उनले एमाले एकढिक्का भएर अघि बढ्ने जिकिर गरे ।

पार्टीको पक्षमा उभिएर क्रियाशिल हुन चाहनेहरु एक ठाउँमा उभिनुपर्ने उनको भनाई छ । उनले केहि मानिसहरु अलमलमा परेको हुनसक्ने भन्दै अलमलमा परेकालाई पनि समावेश गरेर अघि बढ्ने धारणा राखे ।

महासचिव पोखरेलले नेपाली राजनीतिमा नेकपा एमाले छुट्टै ध्रुवको रुपमा खडा भएको बताए ।

उनले नेपालका विभिन्न चाडपर्वहरु समाजलाई एकतावद्ध बनाउने सुत्र भएकोले यसको गरिमा घट्न दिन नहुने पनि  जिकिर गरे ।