काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमालले प्रधानमन्त्री शेर बहादुर देउवालाई राजिनामा पत्र बुझाएका छन् ।


ADVERTISEMENT


हमाल मन्त्री भएको दुई दिनमात्र पुगेको छ ।


ADVERTISEMENT

# # #


विवादमा आएपछि नैतिकता देखाउँदै हमालले राजिनामा राजीनामा दिएका हुन् । केहीबेर अघि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर हमालले राजीनामा पत्र बुझाएका हुन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार हमाल राजीनामा पत्र दिएर फर्किएका छन् ।

मन्त्रिपरिषद्‌मा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको ‘कोटा’मा हमाललाई मन्त्री बनाइएको भन्दै  विरोध र  बदनामी भएको भन्दै हमालले राजीनामा दिएको बताएका छन् ।