पाकिस्तान – पाकिस्तानलाई आणविक शक्ति बनाउने वैज्ञानिक डा अब्दुल कादीर खानको निधन भएको छ ।


ADVERTISEMENT


आइतवार बिहान उनको निधन भएको पाकिस्तानी समाचार माध्यमले जनाएका छन् ।


ADVERTISEMENT

# # #


८५ वर्षका खानको स्वास्थ्य बिग्रेपछि इस्लामाबादस्थित स्थानीय अस्पतालमा भर्ना गरिएको थियो ।

सन् १९३६ मा भारतको भोपालमा जन्मिएका खान सन् १९४७ मा भारत विभाजन भएपछि परिवारसहित पाकिस्तान गएका थिए ।

सन् १९९८ मा भारतले आणविक परीक्षण गरेलगत्तै पाकिस्तानले पनि आणविक परीक्षण गरेको थियो । त्यस परीक्षणका लागि खानले वर्षौंदेखि मेहनत गरेका थिए ।

त्यस परीक्षणपछि खान रातारात पाकिस्तानका नायक भएका थिए । उनलाई ‘मोहसिन ए पाकिस्तान’ भनी उच्च सम्मान दिइएको थियो ।

उक्त परीक्षणपछि पाकिस्तान मुस्लिम विश्वको एक्लो आणविक शक्ति बनेको थियो ।