काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले तोकिएकै समयमा १४औं महाधिवेशन सम्पन्न गर्दै चुनावको तयारीमा जुट्नुपर्ने बताएका छन् ।


ADVERTISEMENT


नेपाल लोकतान्त्रिक खेलकुद संघ बाग्मती प्रदेशले आइतबार काठमाडौंमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा नेता सिंहले अब महाधिवेशनको मिति सार्ने छुट कसैलाई पनि नभएको भन्दै समयमा नै महाधिवेशन गरेर पार्टीलाई निर्वाचनमा केन्द्रीत गर्नुपर्ने बताएका हुन् ।


ADVERTISEMENT

# # #


पार्टीलाई विधि र विधान अनुरुप चलाउन नसक्दा कांग्रेस कमजोर भएको भन्दै उनले अवको पार्टीको नेतृत्व विधि र विधान अनुसार चल्ने आउनुपर्ने बताए । नेता सिंहले गत चुनाव अगाडि आईजीपी प्रकरण र प्रधानन्यायाधीशमाथि महाअभियोगले लगाउने कार्यले जनतामा परेको प्रभावलाई मध्यनजर गर्दै जनताका पक्षमा काम गर्न पार्टी नेतृत्वको सरकारको ध्यानाकर्षण गराए ।

पार्टीभित्रको एउटा समूह सुरुदेखि नै आफूविरुद्ध भ्रम फैलाउन लागेको आरोप लगाउदै उनले गणेशमान र मंगलादेवीको छोरा भएर विरासतको राजनीति गर्यो भन्ने आरोपको प्रतिवाद गरे । नेता सिंहले आफुले पार्टीका लागि धेरै योगदान गरेको भन्दै पार्टीको आगामी नेतृत्वका लागि विश्वास गर्न आग्रह गरे ।