महोत्तरी – जिल्ला महोत्तरी, मटिहानी नगरपालिका ५ नं वडा कार्यालयका वडाध्यक्ष राम बहादुर महतो र सहायक कम्प्युटर अपरेटर अव्दुल राईन अख्तियारको फन्दामा परेका छन् ।


ADVERTISEMENT


उनीहरु जन्म दर्ताको सिफारिस गरिदिएबापत् सेवाग्राहीसँग घुस लिँदै गर्दा अख्तियारको फन्दामा परेका हुन् ।


ADVERTISEMENT

# # #


सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट खटिई गएको टोलीले उनीहरुलाई पक्रिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले जानकारी दिएका छन् ।

वडाध्यक्ष  महतो र  अपरेटर  राईनले दश हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा उक्त घुस रकमसहित कार्यालयबाटै नियन्त्रणमा लिइएको अख्तियारले जानकारी दिएको छ ।

उनीहरुमाथि नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको पनि प्रवक्ता वेदप्रसाद भण्डारीले जानकारी दिए ।