काठमाडौँ – नेपाली युवा स्टार क्रिकेटर सन्दीप लामिछाने अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को ‘प्लेयर अफ द मन्थ’ अर्थात महिनाको उत्कष्ट खेलाडीको अवार्ड जितेका छन् । समर्थकको भोटिङका आधारमा सन्दीप सेप्टेम्बर महिनाको उत्कृष्ट खेलाडी बनेका हुन् ।


ADVERTISEMENT


आईसीसीले सेप्टेम्बर महिनाका लागि गत बुधबार सार्वजनिक गरेको तीन जनाको सूचि सार्वजनिक गरेको थियो । जसमा सन्दीपसहित बंगलादेशका स्पिनर नासुम अहमेद र अमेरिकाका विष्फोटक ब्याटर जस्करन मल्होत्रा रहेका थिए ।


ADVERTISEMENT

# # #


उक्त अर्वाड विजेताको टुंगो लगाउन आईसीसीले अनलाइनबाट भोटिङ गर्न मिल्ने व्यवस्था गरेको थियो । भोटिङमा सन्दीपले जितेका हुन् । यससँगै सन्दीप आईसीसीको ‘आईसीसी प्लेयर अफ द मन्थ’को अर्वाड जित्ने पहिलो नेपाली खेलाडी बनेका छन् ।

सन्दीपले गत सेप्टेम्बर दोस्रो साता ओमानमा आईसीसी ओडीआई लिग–२ अन्तर्गत ओमान र अमेरिकासँग तथा पपुवा न्यूगिनीसँगका एकदिवसीय खेलमा उत्केष्ट प्रदर्शन गरेका थिए ।

जसमा ६ खेलमा सन्दीपले १८ वटा विकेट लिएका थिए । ओमानविरुद्धको एक खेलमा स्वास्थ्यमा समस्या आएपछि बलिङ गर्न नपाएका उनले पपुवा न्यूगिनीविरुद्धका दुई खेलमा क्रमशः ४ र ६ विकेट लिएका थिए ।

सन्दीपसँगै ‘लेयर अफ द मन्थ’को सूचिमा अटाएका अमेरिकाका जस्करन मल्होत्राले पपुवान्यूगिनीविरुद्ध एकै ओभरमा ६ छक्का ठोकेका थिए । यस्तै बंगलादेशलाई न्यूजिल्याण्डविरुद्धको टी–२० अन्तर्राष्ट्रिय सिरिजमा उत्कष्ट प्रदर्शन गरेका थिए । ‘प्लेयर अफ द सिरिज’ चुनिएका उनले ५ खेलमा ८ विकेट लिएका थिए ।


ADVERTISEMENT

#


सन्दीप आईसीसीको ‘प्लेयर अफ द मन्थ’को सूचिमा पर्ने दोस्रो नेपाली खेलाडी हुन् भने जित्ने पहिलो नेपाली खेलाडी हुन् । यसअघि गत बैशाखमा नेदरल्याण्ड र मलेसियासँग नेपालमा भएको त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिजमा उत्कष्ट प्रदर्शंन गरेका कुशल भुर्तेल पहिलो पटक सूचिमा परेका थिए । यद्दपी उनले जित्न भने सकेका थिएनन् ।

प्रतिकृया

प्रतिकृया