काठमाडौँ – माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबल अन्तर्गत बंगलादेशविरुद्ध नेपाल पहिलो हाफमा १–० गोलले पछि परेको छ । प्रतियोगितामा समूह चरणको अन्तिम खेल खेलिरहेको नेपालले पहिलो हाफको नवौँ मिनेटमै गोल खान पुगेको हो ।


ADVERTISEMENT


बंगलादेशका लागि सुमोन रेजाले खेलको नवौँ मिनेटमा गोल गर्दै अग्रता दिलाएका छन् । प्रतियोगितामा ३ खेलमध्य दुईमा जित र एकमा हार व्यहोरेको नेपालका लागि फाइनल पुग्नका लागि जित वा बराबरी अनिवार्य रहेको छ ।


ADVERTISEMENT

# # #


नेपालले पहिलो खेलमा आयोजक माल्दिभ्सलाई १–० ले र दोस्रो खेलमा श्रीलंकालाई ३–२ ले हराएको थियो । तेस्रो खेलमा भने भारतसँग नेपाल १–० ले पराजित भएको थियो । साफको २८ वर्षे इतिहासमा नेपाल आजसम्म फाइनलमा पुग्न सकेको छैन ।