काठमाडौँ – दशैंमा फलफूलको मूल्य तुलनात्मक रुपमा आकासिएको छ ।


ADVERTISEMENT


चाडपर्वमा फलफूलको व्यापार निकै राम्रो हुने गर्छ । यसको व्यापार अन्य समयकोभन्दा ७ गुणासम्म बढी हुने गरेको फलफूल थोक व्यवसायी संघले जनाएको छ । दशैका टिका थाप्न जाँदा फलफूल कोशेली लाने चलन रहेकाले पनि फलफूलको व्यापार निकै बढेको छ । तर, थोक बजारकोभन्दा यस्ता खुद्रा पसल र व्यापारीकोमा फलफूलको भाउ उच्च छ ।


ADVERTISEMENT

# # #


दशैंमा स्याउ, केरा, नरिवल, मौसम र सुन्तला धेरै प्रयोग र किनबेच हुने फलफूल हुन् । फलफूलको बजार मूल्य सबै ठाउँमा एकनाश छैन । त्यसैले एउटै प्रजातिका फलफूल किन्दा उपभोक्ताहरुले फरक फरक मूल्य तिर्न बाध्य छन् ।