बाँके – प्रहरीले बाँकेको डुडुवा गाउाँपालिका–५ खजुरा स्थित राप्ती नदीको बाढीमा फसेका चार जनाको उद्दार गरेको छ ।


ADVERTISEMENT


उद्दार गरिएकाहरुमा डुडुवा गाँपालिका ४ मसाहगाउँका ५५ वर्षीय सौखात नाउ, ४५ वर्षीय साबिर खाँ, ३० वर्षीय प्रमोद लोहनिया र ६० वर्षीय नजिर खाँ रहेका छन् ।


ADVERTISEMENT

# # #


मंगलबार ईलाका प्रहरी कार्यालय बनकट्टी (क) बाट खटिएको प्रहरी टोली र सशस्त्र प्रहरी बल नं. ३० गण हेडक्वाटर बाँकेबाट खटिएको टोलिको संयुक्त प्रयासमा उनीहरुको उद्दार भएको हो ।

प्रहरीका अनुसार उनीहरु माछा मार्ने क्रममा नदीको बीच टापुमा अड्केका थिए ।