काभ्रे – काभ्रेपलाञ्चोकको कोशीपारिस्थित चौरीदेउराली गाउँपालिकाको छेडा जाँदै गरेको कुखुराको दाना बोकेको बोलेरो दुर्घटनामा परेको छ ।


ADVERTISEMENT


प्रहरीले जनाए अनुसार भुम्लु गाउँपालिका–५ कालोभिरस्थित जामुने खोलामा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो  ।


ADVERTISEMENT

# # #


बुधबार राति दोलालघाटबाट चौरीदेउरालीतर्फ जाँदै गरेको बा२१च ९२१० नं को कुखुराको दाना बोकेको बोलेरो बोलेरो दुघर्टना भएको हो ।

सो घटनामा परी बोलेरो चालक चौरीदेउराली गाउँपालिका–४ बस्ने वर्ष ४९ का कमल श्रेष्ठ घाइते भई उपचारको लागि धुलिखेल अस्पताल ल्याइएकोमा आज बिहान निधन भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी निरीक्षक अनिश बुढाथोकीका अनुसार गाडी सडकबाट अन्दाजी ३०० मिटर तल खसेको छ ।

शव परीक्षणको लागि धुलिखेल अस्पतालमा राखिएको प्रहरी निरीक्षक बुढाथोकीले बताए ।

मृतक श्रेष्ठ चौरीदेउराली गाउँपालिका–४ छेडास्थित सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक रहेको जनाएको छ ।