एजेन्सी – विश्व स्वास्थ्य संगठन (डब्लूएच‌‌‍‌‍ओ)ले  पूर्वानुमान गरिएभन्दा थप एक वर्ष बढी कोरोनाको प्रकोप  लम्बिने चेतावनी दिएको छ ।


ADVERTISEMENT


डब्लूएच‌‌‍‌‍ओले गरिब मुलुकहरुले आवश्यकताअनुसार खोप नपाए  कोभिड महामारी २०२२सम्म रहने चेतावनी दिएको हो ।


ADVERTISEMENT

# # #


गरिब मुलुकलाई खोप नदिई धनी मुलुकले खोपमा एकाधिकार जमाएर बसे डब्लूएचओका शीर्ष नेता डा ब्रुस अयलवार्डले कोभिड सङ्कट २०२२ सम्म लम्बिनु नौलो कुरा नहुने बताएका छन् ।

डब्लूएचओले धनी मुलुकमा औसत रूपमा ४० प्रतिशत जनताले खोप लगाइसकेको पनि अफ्रिकाको ५ प्रतिशत जनताले मात्र कोभिड–१९ विरुद्धको खोप प्राप्त गरेकोमा चिन्ता व्यक्त गरेको छ ।

डा अयलवार्डले धनी देशहरूलाई खोपको लाइनबाट हटेर औषधी निर्माता कम्पनीहरूलाई गरिब देशहरूलाई पनि खोप उपलब्ध गराउने बाटो खोल्न आग्रह गरेका छन् । धनी देशहरूलाई आफूले प्रतिबद्धता गरेअनुसार खोप उपलब्ध गराउन पनि उनले आग्रह गरे ।

उनले भनेका छन्, ‘हामी सही बाटोमा छैनौँ, हामीले खोपको कार्यक्रमलाई तीव्र रूपमा अघि बढाउनुपर्छ नत्र यो महामारी आवश्यकभन्दा एक वर्ष बढी लम्बिन सक्छ ।’