काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीपहिरोबाट प्रभावित जनतालाई समयमै राहत उपलब्ध गराउने बताएका छन् ।


ADVERTISEMENT


मंगलबार सुर्खेत विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै प्रधानमन्त्री देउवाले नागरिकलाई आवश्यक राहत उपलब्ध गराउन सरकारले निर्णय गरिसकेको भन्दै समयमै राहत उपलब्ध गराउने बताएका हुन् । बाढीपहिराले पु¥याएको क्षतिको अवस्थाबारे जानकारी लिन कर्णाली र सुदूरपश्चिम प्रदेशको स्थलगत निरीक्षण गएका उनले एक्कासी आएको बेमौसमी बाढीले ठूलो धनजनको क्षति पुर्‍याएकोमा आफू दुःखी बनेको बताए ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्री देउवाले सुर्खेत विमानस्थलमा बाढीपहिराले कर्णाली प्रदेशमा पुर्‍याएको क्षतिबारे प्रदेश सरकार र सुरक्षा निकायका प्रमुखबाट जानकारी लिए । आइतबारदेखि परेको अविरल वर्षाका कारण कर्णालीमा बाढीपहिरामा परी आठ जनाको मृत्यु हुनाका साथै तीनजना घाइते भएका छन् ।