काठमाडौँ – प्रधानसेनापति प्रभुराम शर्मा र युरोपेली संघ प्रतिनिधिमण्डलका राजदूत नोना डेप्रेजबीच भेटवार्ता भएको छ । बिहीबार नेपाल सेनाको प्रधानकार्यालय जंगी अड्डामा उनीहरुबीच शिष्टाचार भेटवार्ता भएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।


ADVERTISEMENT


उक्त भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सेनाले जनाएको छ । भेटवार्ताले आपसी सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।


ADVERTISEMENT

# # #