काठमाडौं –  राष्ट्रिय एकता अभियानका अभियन्ताहरूलाई पक्राउ गरेको घटनाप्रति नेपाल विश्व हिन्दु महासंघले आपत्ति जनाएको छ । संघले सो घटनाप्रति गम्भीर ध्यानाकर्षण भएकोसमेत उल्लेख गर्दै एक विज्ञप्ति जारी गरी यस्तो बताएको हो ।


ADVERTISEMENT


महासंघका अध्यक्ष डा केदारनाथ दाहाल र सचिव अभिषेक तिवारीले एक प्रेस विज्ञप्ति जारी गर्दै अभियानका केन्द्रीय संयोजक विनय यादवसहित ४१ जना अभियन्तालाई पक्राउ गरी प्रहरीले दमन गरेको भन्दै आपत्ति जनाएको हुन् ।


ADVERTISEMENT

# # #


बंगलादेश, पाकिस्तान तथा विभिन्न राष्ट्रहरुमा मन्दिर तथा हिन्दू आराध्य देवी देवताको प्रतिमा तोडफोड भएको घटनालाई लिएर प्रदर्शन गर्ने क्रममा प्रहरीले अभियानको नेता तथा कार्यकर्ताहरुलाई पक्राउप्रति महासंघले घोर निन्दा समेत गरेको छ ।

जारी विज्ञप्तिमा भनिएको छ,‘ बंगलादेश र पाकिस्तानको सरकारसँग जिहादी आक्रमणकारीहरुविरुद्ध कठोर कदम चाल्न माग गर्दै बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाको पुतला दहन तथा प्रदर्शन गरिरहेको बखत अभियानका केन्द्रीय संयोजकसहित ४१ जना नेता ,कर्याकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको घटना निन्दनिय रहेको छ ।’

महासंघका उपाध्यक्ष विजयप्रकाश निषादले बंगलादेशमा भएको घटनाले नेपालको सम्पूर्ण हिन्दू समुदायको अस्थामाथि चोट पुर्‍याएको बताए । बंगलादेशमा हिन्दूहरुले आयोजना गरेको पूजास्थलमा संगठित रुपमा हमला गर्दै आएको घटनाविरुद्ध प्रदर्शन गर्नु कुनै अपराध नरहेको जारी विज्ञप्तिमा उल्लेख छ । निषादले अभियन्ताहरूलाई तत्काल रिहा गर्ने सम्पुर्ण हिन्दु समाज एकजुट प्रतिकार गर्ने चेतावनी समेत दिए। उनले गणतन्त्रमा समेत शान्तिपूर्ण प्रदर्शनमा प्रहरी हस्तक्षेप हुनु निन्दनीय रहेको बताउदै प्रहरी दमनको बिरोध जनाएका छ्न्।

अभियानका नेता तथा कार्यकर्ताहरुलाई तत्काल रिहा नगरे चरणबद्ध आन्दोलनमा उत्रिन बाध्य हुने महासंघले जनाएको छ ।

यस्तो छ संघको विज्ञप्ति :