हेटौँडा– नेपाली कांग्रेसमा थप दुई जनाको प्रवेश भएको छ । नेकपा एमाले मकवानपुरका संगठित सदस्यसहित २ जना नेपाली कांग्रेस प्रवेश गरेका हुन् ।


ADVERTISEMENT


कांग्रेस प्रवेश गर्नेमा एमाले संगठित सदस्य एवं जिल्ला दुग्ध उत्पादक सहकारी संघ मकवानपुरका सहायक व्यवस्थापक दामोदर अधिकारी र बकैया–५ का पदम बहादुर विश्वकर्मा रहेका छन् ।


ADVERTISEMENT

# # #


नव प्रवेश उनीहरुलाई नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर सभापति इन्द्रबहादुर बानियाँले स्वागत गरेका छन् ।

उक्तसत कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र नम्बर २ का संघीय सभापति यतिराज सापकोटा, ट्रेड युनियन कांग्रेस प्रदेश उपाध्यक्ष कुमार पौडेल, नेताहरू राजु गौतम, बिजेन्द्र अग्रवाल लगायतले उपस्थित जनाएका थिए ।