काठमाडौँ– प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले पदबाट राजीनामा नदिने बताएका छन् । उनले आफू बरु महाअभियोग खेप्न तयार भएकोतर्फ संकेत गरेको स्रोतको दाबी छ ।


ADVERTISEMENT


मंगलबार फुल कोर्ट बहिस्कार गर्नुका साथै इजलासमा नबसेका सर्वोच्च अदालतका १४ न्यायाधीशहरुले सर्वाेच्चमा बसेको छलफलमा प्रधानन्यायाधीश राणाले आफुले राजीनामा नदिने र आफू संवैधानिक प्रक्रियाबाट आएकोले यस सम्बन्धमा संवैधानिक प्रक्रियाबाटै अघि बढ्ने बताएर ‘सक्ने भए महाअभियोग लगाऊँ’ भन्नेतर्फ संकेत गरेको स्रोतले जनाएको हो ।


ADVERTISEMENT

# # #


छलफलमा अन्य न्यायाधीशले प्रधानन्यायाधीश जबरालाई मार्ग प्रशस्त गर्न आग्रह गरेका थिए । जवाफमा जबराले राजीनामा इन्कार गरेको जनाउँदै उनको भनाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘सडकबाट कसैले राजीनामा माग्दैमा मैले राजीनामा दिन्नँ, त्यसले नेपालको न्यायपालिकालाई राम्रो गर्दैन’, थप्दै स्रोतले भन्यो, ‘विवादमा जो-जो छन्, सबैले दिने हो भने सोच्न सकिन्छ, होइन भने सडकमा माग गर्दैमा राजीनामा दिन सकिन्न ।’