काठमाडौं – नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता तथा राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले प्रधानन्यायाधीश चालेन्द्र शमशेर जबराविरुद्ध महाभियोग लगाउनसक्ने प्रशस्त आधार र कारण बनेको टिप्पणी गरेका छन् ।


ADVERTISEMENT


आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले महाभियोग नै लगाउने भए एमालेसहितको दलले निर्णय गर्नुपर्ने बताए । उनले भने, ‘महाभियोगको विषयमा त न एमाले न गठबन्धन, सबै एकमत हुनुपर्छ । न्यायालय बलियो बनाउनुपर्छ । यो दृष्टिकोणले दलले निर्णय गर्नुपर्छ ।’


ADVERTISEMENT

# # #


न्यायालयमा प्रधानन्यायाधीश र बाँकी न्यायाधीशहरुबीच द्वन्द्व चल्नु यो विडम्बनाकोअवस्था भएको बताए । उनले भने, ‘प्रधानन्यायधीश भनेको न्यायापालिकाको नेता हो । न्यायलयभित्र यत्रो वितण्डा आउनु, पूर्व प्रधानन्यायाधीशहरुले जबराले न्यायालय हाँक्न सक्नुहुन्न भन्नु, बारले पनि राजीनामा माग्नु, सबै न्यायाधीशहरुले समस्त ईजलाश बहिष्कार हुनु, अनि न्यायाधीशहरुले प्रधानन्यायाधीशमा कार्यदक्षताको अभाव भयो भनेर भन्नु उहाँमाथि महाभियोग लगाउनसक्ने आधार र कारण बन्यो ।’

उनले आफ्नो पार्टीले भने प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोग लगाउनेबारे अहिले कुनै छलफल नै नगरेको स्पष्ट पारे । उनले आफूले प्रधानन्यायाधीशको राजीनामा नमाग्ने पनि उल्लेख गरे । बरु, महाभियोग लगाउने कुरा संवैधानिक हुने उनको तर्क छ।

उनले प्रधानन्यायाधीश जबराले आज न्यायाधीशहरुसँगको भेटमा आफू संविधानअनुसार नियुक्ती भएको हुँ र हटाउने भए पनि संवैधानिक प्रक्रियाअनुसार हटाउ भन्नु भनेको महाभियोग फेश गर्न तयार छु भनेको पनि उल्लेख गरे । उनले अहिले प्रधानन्यायाधीश जबराको राजीनामा मागिएको विषयमा प्रतिनिधिसभाको विघटनको मुद्दाको हवला दिनु गलत भएको पनि जिकिर गरे ।