काठमाडौँ – सत्तारुढ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पछिल्लो समय न्यायालयमा उत्पन्न परिवेशमा हस्तक्षेत्र नगर्ने बताएका छन् ।


ADVERTISEMENT


मंगलबार पार्टीको पदाधिकारी बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै नेता पौडेलले न्यायालयमा उत्पन्न असहज परिस्थिति चिन्ताजनक भए पनि कांग्रेसले त्यसमा राजनीतिक हस्तक्षेप नगर्ने बताएका हुन् ।


ADVERTISEMENT

# # #


उनले प्रधानन्यायाधीशको बारेमा उत्पन्न परिस्थिति न्यायालयको आन्तरिक मामला भएकाले कांग्रेसले टिप्पणी नगर्ने उल्लेख गरे । उनले भने, ‘प्रधानन्यायाधीशको बारेमा हामीलाई चिन्ता छ । न्यायादयमा जुन किसिमको असहज परिस्थिति बनेको छ, न्यायालयको आन्तरिक मामलामा हामी धेरै प्रतिक्रिया दिँदैनौँ । हामीले राजनीतिक हस्तक्षेप गर्न चाहेका होइनौँ । तर, यो चिन्ताजनक कुरा हो ।’

प्रधानन्यायाधीश राणाले मन्त्रिपरिषद् र संवैधानिक परिषद्का नियुक्तिहरुमा भागबण्डा खोजेको र उनकै कारण सिंगो न्यायलयको निष्पक्षता र विश्वसनीयतामाथि प्रश्न उठेको भन्दै सर्वोच्चकै न्यायाधीहरुले राजीनामा माग गरेका छन् ।

न्यायापालिकालाई थप संकटबाट जोगाउन प्रधानन्यायधीशले मार्गप्रशस्त गर्नुपर्ने उनीहरुको माग रहेको छ । यता नेपाल बार एशोसिएसन, कानुन व्यवसायीहरुले पनि प्रधानन्यायाधीशले प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने बताएका छन् भने केहीले उनलाई महाअभियोग लगाएरै भए पनि निकाल्नु पर्ने बताइरहेका छन् ।