सुनसरी । सुनसरी क्षेत्र नम्वर तीनमा वामगठवन्धनकी साझा उमेदवार भगवती चौधरीले विपक्षीले आफू हार्न लागेकोले आफूविरुद्ध कुप्रचार गर्न थालेको बताएकी छन् । पटक पटक जितेर जाँदा समेत क्षेत्र र जनताका लागि काम नगरी व्यक्तिगत स्वार्थमा लागेको स्पष्ट भएपछि बिजय गच्छदारले जनताका सामु जाने आधार समेत मेटाएको उनको भनाई छ ।


ADVERTISEMENT


‘हार्ने निश्चित भएपछि मेरा प्रतिस्पर्धी डराएर कुप्रचारमा लागे’ उनले भनिन् ‘जनताको काम गर्न र मन जित्न मबाट सिक्नुस्, गलत बाटो हिँड्न होईन ।’


ADVERTISEMENT

# # #


आँफू बिरुद्धका अफवाहहरुलाई गाँउ गाँउका जनताले परास्त गर्ने चौधरीको भनाई छ ।