काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) पार्टी ललितपुरको महालक्ष्मी नगरकमिटीको अध्यक्षमा नकुल थापा सर्वसम्मत चयन भएका छन् ।


ADVERTISEMENT


शुक्रबार सम्पन्न नगर भेलाले महालक्ष्मी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष समेत रहेका थापाई नगरकमिटीको अध्यक्ष चयन भएको हो । भेलाले एक अध्यक्षसहित, २ जना उपाध्यक्ष, एक जना सचिव, २ जना सह–सचिव, १ जना आर्थिक विभाग प्रमुख र ५८ जना सदस्य चयन गरेको छ ।


ADVERTISEMENT

# # #


भेलामा पार्टीका वरिष्ठ नेता बेदुराम भूसाल, पार्टीका निर्वाचन आयोगका अध्यक्ष एवं प्रदेश सांसद माधव प्रसाद पौडेल, ललितपुर जिल्ला अध्यक्ष हरिकृष्ण थापा, पार्टीकि केन्द्रीय परिषद सदस्य एवं महालक्ष्मी नगरपालिका उपमेयर निर्मला थापा लगायत पार्टीका विभिन्न नेता तथा कार्यकर्ताहरूको ठूलो उपस्थिति रहेको थियो ।

भव्यताका साथ सम्पन्न समारोहमा तिहार, छठ, नेपाल संवत् लगायतका चाडहरूको सन्दर्भमा शुभकामना समेत आदन प्रदान गरिएको थियो ।

यस्तो छ नेकपा (एस)को महालक्ष्मी नगरकमिटी: