काठमाडौँ – नेकपा (एमाले)ले १० औं राष्ट्रिय महाधिवेशनमा १ हजार ९ सय ९९ प्रतिनिधि सहभागी हुने भएका छन् ।


ADVERTISEMENT


ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकले महाधिवेशन प्रतिनिधि थप गर्ने निर्णय गरेको एमाले प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । बिहीबारको स्थायी कमिटी बैठकले १५ सय ३६ जना प्रतिनिधि बनाउने गरी मापदण्ड तय गरेकोमा केन्द्रीय सदस्यहरुको मागका आधारमा चार सय प्रतिनिधि थप गर्ने निर्णय गरेको उनले बताए ।


ADVERTISEMENT

# # #


बैठकले महाधिवेशन मुल व्यवस्थापन कमिटीमा स्थायी कमिटी सदस्य रघुजी पन्त र कार्यालय सचिव शेर बहादुर तामाङलाई थप गदै २३ सदस्यीय बनाउने निर्णय गरेको छ । बैठकले कात्तिक २७ गते देशभर एकैदिन प्रतिनिधिको छनोट गर्ने निर्णय प्रवक्ता ज्ञवालीले जानकारी दिए ।

बैठकमा पार्टी अध्यक्ष केपी ओलीले पार्टी थप एकतावद्ध भएर अघि बढेको बताएको प्रवक्ता ज्ञवालीले बताए । पार्टी सम्पूर्ण रुपले महाधिवेशनमा केन्द्रीत हुने गरि अघि बढेको उनले बताए ।

एमाले केन्द्रीय कमिटीको अर्को बैठक मंसिर ९ गते सौरहामा बस्ने प्रवक्ता ज्ञवालीले बताए । नेकपाले एमालेले आगामी मंसिर १० देखि १२ गतेसम्म चितवनमा राष्ट्रिय महाधिवेशन गर्दैछ ।