काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिलेपनि गणतन्त्र विरोधीहरु सलबलाइरहेको रहेको बताएका छन् ।


ADVERTISEMENT


अध्यक्ष प्रचण्डले सोमबार किर्तिपूरमा आयोजित शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले केहि राजावादिहरु संग भेटेर गणतन्त्रलाई उल्ट्याएर राजतन्त्र फर्काउन लागेको आरोप लगाएका हुन् ।


ADVERTISEMENT

# # #


कार्यक्रममा बोल्दै उनले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्रलाई उल्टाउने षड्यन्त्र भयो, यो बीचमा तपाईहरुले महसुस गर्नु भयो होला ।’

अध्यक्ष ओलीले पूर्वराजा ज्ञानेन्द्रका केही मानिससँग भेटेर गणतन्त्र उल्ट्याउने कुरा गरेको सूचना आफूले पाएको प्रचण्डको दाबी छ ।

‘ज्ञानेन्द्रका केही मानिससँग भेटेर ओलीले भनेछन् भन्ने सूचना आएको छ। मलाई जिन्दगी भरि यो गणतन्त्र मन परेको होइन, बाध्य भएर गरेको हो। त्यसकारण मौका आयो भने यो उल्ट्याउने हो भनेछन्’, उनले अघि भने ।

आफूहरुले राम्रो सपना देखेर अहिलेसम्मका उपलब्धिलाई थप उचाइमा पुर्‍याउनका लागि पार्टी एकता गरेको भएपनि प्रतिक्रियावादीलाई त्यो सैह्य नभएर यस्तो षड्यन्त्र रचेको प्रचण्डको भनाइ छ ।