काठमाडौँ– एन आई सी बैंकले आफ्नो पहिलो त्रैमासिक वित्तीय नतिजा सार्वजनिक गरेको छ ।


ADVERTISEMENT


मुलुकभर फैलिएका शाखा सञ्जालहरूमार्फत आफ्ना लाखौं ग्राहक महानुभावहरूमाझ गतिशील बैंकिङ्ग प्रदान गर्दै आइरहेको एन आई सी एशिया बैंक लिमिटेडले चालू आ.व. २०७८÷७९ को पहिलो त्रयमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको हो ।


ADVERTISEMENT

# # #


बैंकिङ्ग क्षेत्रको अधिकांश वित्तीय सूचकांकहरूमा अग्रणी स्थान ओगटेको यस बैंकका समग्र वित्तीय विवरणका परिसूचकहरू उत्साहजनक रहेकोे देखिएको छ । जसमा बैंकले आ.व. २०७८/७९ को पहिलो त्रयमाससम्ममा व्यवसायतर्फको कर्जामा वार्षिक विन्दुगत आधारमा ३६ प्रतिशत (रू. ७४ अर्ब) ले वृद्धि गरी कुल कर्जा रकम रू. २७७.८५ अर्ब पुर्‍याउन सफल भएको छ । साथै, निक्षेपतर्फ वार्षिक विन्दुगत आधारमा २६.९९ प्रतिशत (रू. ६५.२९ अर्व) ले वृद्धि गरी कुल निक्षेप संकलन रू. ३११.४५ अर्ब पुर्‍याउन न बैंक सफल भएको छ । बैंकले यस त्रयमासमा खुद मुनाफातर्फ रू. १.१८ अर्ब आर्जन गर्न सफल भएकोे छ, जुन २७ वटै बाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी हो ।

यसैगरी बैंकको स्व–पुँजीमा प्रतिफल २१.३९ प्रतिशत रहेको छ, जुन २७ वटै बाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी हो । साथै, यस बैंकले वार्षिक प्रति शेयर आम्दानी रू. ३९.६५ आर्जन गर्न बैंक सफल भएको छ, जुन निजी क्षेत्रका अन्य वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी हो । कोभिड–१९ को विषम परिस्थितिमा समेत बैंकले कर्जा असुलीमा निकै उत्साहजनक नतिजा हासिल गर्न सफल भई निष्कृय कर्जालाई पहिलो त्रयमाससम्ममा ०.४९ प्रतिशतमा सीमित राख्न बैंक सफल भएको छ ।

बैंकले यसरी आफ्नो योजना अनुरुप लक्ष्यहरु हासिल गर्नमा महत्वपुर्ण भुमिका निर्वाह गरेको भन्दै सम्पूर्ण ग्राहकवर्ग, नियमनकारी निकायहरू, शेयरधनीहरू, कर्मचारीहरू लगायत हजुर सबै सरोकारवालाहरू प्रति धन्यवाद समेत ज्ञापन गरेको छ ।