रोल्पा– जिल्लाको ग्रामीण भेगका विभिन्न ११ गाविसमा मानव अधिकार सचेतन केन्द्र रोल्पाले ७६ वटा बालविकास केन्द्र भवन निर्माण गरेका छन् ।


ADVERTISEMENT


जिल्ला शिक्षा कार्यालय रोल्पासँग समन्वय गरी जिल्लाका लिवाङ, खुमेल, खुङ्ग्री, घोडागाउँ, दुविडाँडा, झेनाम, सखी, नुवागाउ, कोटगाउ, धवाङ र ओत गाविसमा ती भवन निर्माण गरिएको हुरेक रोल्पाले जनाएको छ ।भवन निर्माणमा स्थानीय समुदायको माग र लागत विवरणअनुसार कम्तीमा तीन देखि ६ लाखसम्म खर्च भएको बताइएको छ ।


ADVERTISEMENT

# # #


बालबालिकाको बसाइँ व्यवस्थापन, शैक्षिक सामग्री सहयोग तथा बाल शिक्षकलाई तालिमसमेत प्रदान गरी बालविकास केन्द्रलाई सिकाइ मैत्री बनाउने काममा सहयोग गरिएको हुरेक रोल्पाका शिक्षा परियोजना संयोजक कृष्णबहादुर घर्तीमगरले जानकारी दिए ।२०१४ सालदेखि सेभ ‘द’ चिल्ड्रेनको आर्थिक सहयोगमा सञ्चालित सो परियोजनाबाट हालसम्म दुई हजार भन्दा बढी बालबालिका प्रत्यक्ष लाभान्वित भएको घर्तीले बताए ।

पहिले विद्यालयको बालविकास भवन नहुँदा कक्षा कोठामा पढ्ने गरेको बालबालिकालाई यस बालविकासमैत्री भवनले विद्यार्थीलाई सहज वातावरण बनाएको बागेश्वरी प्राथमिक विद्यालय त्रिकोट रोल्पाका प्रअ केवलप्रसाद आचार्यले बताए ।

भवनसँगै मानोरन्जनात्मक खालका खेलैना, समाजमा भएका बस्तुस्थितिको चित्रलगायतका सामग्रीले गर्दा यहाँ बालबालिकालाई रमाउने वातावरण प्राप्त भएको आचार्यले बताए ।

आर्थिक स्रोतको अभाव झेलिरहेका ग्रामीण भेगका बालविकास केन्द्रलाई यस्ता सहयोगले ठूलो सहयोग पुगेको मानव अधिकार सचेतन केन्द्र रोल्पाका अध्यक्ष घनश्याम आचार्यको भनाई छ ।