काठमाडौँ – सरकारले तीन प्रदेशका प्रमुख परिवर्तन गरेको छ । सोमबा बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश नं. १, कर्णाली र सुदूरपश्चितम प्रदेशमा नयाँ प्रदेश प्रमुख बनाउने निर्णय गरेको हो ।


ADVERTISEMENT


स्रोतका अनुसार मन्त्रिपरिषद्ले प्रदेश नम्बर १ मा परशुराम खापुङ, कर्णालीमा तिलक परियार र सुदूरपश्चिम प्रदेशमा देवराज जोशीलाई प्रदेश प्रमुखमा नियुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ ।


ADVERTISEMENT

# # #


प्रदेश १ को प्रमुखमा सिफारिस भएका खापुङ डा. बाबुराम भट्टराईको जनता समाजवादी पार्टी (जसपा) नेता हुने भने कर्णालीको नयाँ प्रदेश प्रमुखमा सिफारिस परियार माओवादी केन्द्र निकट हुन् । परियारले प्रदेश २ को प्रदेश प्रमुखको रुपमा काम गरिसकेका छन् ।

यस्तै सूदरपश्चिम प्रदेश प्रमुखमा सिफारिस भएका जोशी बाजुराका कांग्रेस नेता हुन् । यसअघि बाजुराबाट प्रत्यक्ष निर्वाचन जितेका पूर्वसभासद उनी कांग्रेस महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य पनि समेत हुन् ।

प्रदेश १ मा सोमनाथ अधिकारी ‘प्सासी’ प्रदेश प्रमुख थिए भने कर्णालीमा गोविन्द प्रसाद कलौनी प्रदेश प्रमुख थिए । यसअघि सुदूरपश्चिममा गंगाप्रसाद यादव रहेका प्रदेश प्रमुख थिए ।