काठमाडौं –  काठमाडौंको ग्वार्कोमा  ट्रकले ठक्कर दिँदा स्कुटर चालकको ज्यान गएको छ ।


ADVERTISEMENT


बिहान ५:४५ बजे ना ६ ख १९३३ नम्बरको ट्रकको ठक्करबाट बा ३१ प ७५४ नम्बरको स्कुटरका चालक काभ्रेका २१ वर्षका सोप्निल लामाको ज्यान गएको प्रहरीले जनाएको छ ।


ADVERTISEMENT

# # #


दुर्घटनामा गम्भीर घाइते भएका लामालाई उपचारका लागि पुर्याएलगत्तै बीएण्डबी अस्पतालले मृत घोषणा गरेको महानगरीय प्रहरी वृत्त सातदोबाटोले जनाएको छ ।

ट्रकका चालकलाई प्रहरीले पक्राउ गरेको छ । घटनाका बारे थप अनसन्धान भइरहेको छ ।