काठमाडौं – नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले १४औं महाधिवेशनमा आफ्नो छुट्टै टिम हुने बताएका छन् । सिटौलाले आगामी महाधिवेशनमा  टिमसहित सभापतिको उम्मेदवार बन्ने पनि बताएका छन् ।


ADVERTISEMENT


गणेशमान सिंहको १०७औं जन्मजयन्तीका अवसरमा शान्तिबाटिकामा आयोजित कार्यक्रमपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले टिम र समूह नै बनाएर सभापति लड्ने  बताएका हुन्।


ADVERTISEMENT

# # #


महाधिवेशनमा देउवालाई सघाउने या आफैँ उम्मेदवार बन्नुहुन्छ भन्ने प्रश्नमा उनले  सञ्चारकर्मीलाई यस्तो बताएका हुन् । ‘सभापतिज्यूको कुरा उहाँलाई नै सोध्नुहोस् । म टिमसहित सभापतिमा उम्मेदवारी दिन्छु,’ सिटौलाले भने।

अर्को प्रसंगमा नेता सिटौलाले सत्तारुढ गठबन्धनले बनाएको कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको राजनीतिक समन्वय समितिले सरकारको कामलाई राजनीतिक रूपमा सघाउने बताए ।

राष्ट्रिय सभाको निर्वाचनमा गठबन्धन दलसँग सहकार्य गरिने उनको भनाइ थियो। प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रिय सभामा जित्ने आधार नदेखेपछि गठबन्धनको विरोध गरेको उनको आरोप थियो।