काठमाडौँ– हिमालयन बैंक र क्लियरिङ्ग हाउसबीच नेपालपे क्यू आर सुविधा पूदान गर्ने सम्झौता भएको छ ।


ADVERTISEMENT


नेपाल राष्ट्र बैंकबाट स्विकृत प्राप्त नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (NCHL) ले सञ्चालनमा ल्याएको नेशनल पेमेन्ट स्वीचमा आवद्ध भई प्रथम चरणमा नेपालपे क्यूआर (NEPALPAY QR) संचालन गरी ग्राहकहरुलाई अत्याधुनिक डिजिटल भुक्तानी सेवा सविधाहरु उपलब्ध गराउन हिमालयन बैंक लिमिटेड र नेपाल क्लियरिङ्ग हाउस लिमिटेड गत मंगलबार सम्झौता भएको हो ।


ADVERTISEMENT

# # #


नेशनल पेमेन्ट स्वीचले ल्याएको यस सुबिधाले भुक्तानी प्रणालीलाई थप सहज बनाई विभिन्न बैंकिङ्ग कारोबार पुरा गर्न सकिने बैंकको विश्वास छ । सम्झौतासंगै ग्राहकले NEPALPAY QR उपलब्ध भई संचालनमा ल्याउने सबै मर्चेन्टहरुबाट सहज र सरलरुपमा खरिद गरिएका वस्तु तथा सेवाहरुको QR मार्फत डिजिटल भुक्तानी गर्न सक्नेछन् ।

यसका साथै बैंकले नेशनल पेमेन्ट स्वीच मार्फत NCHL ले उपलब्ध गराउने अन्य सेवाहरु पनि क्रमिक रुपमा उपलब्ध गराउने छ । नेशनल पेमेन्ट स्वीचमा आवद्ध भई सञ्चालनमा आएको उक्त NEPALPAY QR एक उत्कृष्ट तथा सुरक्षित भुक्तानी प्रणाली भएकोले बैंकका ग्राहकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुनेछन् । यस प्रणालीमा आवद्ध भए पश्चात् ग्राहकहरुले नगदै भुक्तानी गर्नु पर्ने झन्झटबाट मुक्त हुनेछन् ।

हिमालयन बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणा र नेपाल क्लियरिङ्ग हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले बैंक तथा क्लियरिङ्ग हाउसका अन्य कार्यकारीहरुको उपस्थितिमा उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।