पर्वत – कामना सेवा विकास बैंक लि डिमुवा शाखाले बैंकको १५ औ वार्षिकोत्सवको अवसर पारेर सामाजिक उत्तरदायित्व अन्तर्गत मोदी गाउँपालिका वडा नं ०३, घुरुङ्गसेरामा रहेको श्री मोदी विद्याज्योति प्राथमिक बिद्यालयलाई शैक्षिक सामग्री तथा डस्टविन हस्तान्तरण गरेको छ ।


ADVERTISEMENT


बैंकले देशका विभिन्न भागहरुमा यस्ता सामाजिक कार्यहरु गर्दै आइरहेको र आगामी दिनहरुमा समेत यसलाई अझै फराकिलो र प्रभावकारी बनाउँदै लगिने  बैंकका धौलागिरी क्षेत्रका प्रमुख  शालिकराम अधिकारीले जानकारी दिए ।


ADVERTISEMENT

# # #


कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा वडा अध्यक्ष  देवेन्द्र बहादुर क्षेत्रीले आजको यस कार्यक्रमले बैंक र समुदायबिचको सम्बन्ध अझ सुमधुर हुने र समुदायस्तरमा हुने हरेक आर्थिक गतिबिधिहरु बैंक मार्फत नै सञ्चालन गर्न ब्यवस्था मिलाउने बताए ।

साथै यस सहयोगले बिद्यालयको शैक्षिक स्तरमा समेत सुधार हुने बिद्यालय ब्याबस्थापन समितिका अध्यक्ष  राजेन्द्र खड्काले बताए ।
विद्यालय व्यवस्स्थापन समितिका अध्यक्ष  राजेन्द्र खड्काको सभापतित्व, वडा नं ०३ का वडा अध्यक्ष  देबेन्द्र बहादुर क्षेत्रीको प्रमुख आतिथ्यता , डिमुवा शाखा प्रमुख  किशोर तिमिल्सिनाको सञ्चालनमा सम्पन्न भएको उक्त कार्यक्रममा धौलागिरी क्षेत्र प्रमुख श्री शालिकराम अधिकारी , कुश्मा शाखा प्रमुख श्री शिव आचार्य तथा डिमुवा शाखाका कर्मचारी श्री मोहन सुवेदि र हरि प्रसाद गौतम लगायत बिद्यालयका सम्पुर्ण शिक्षक शिक्षीकाको समेत उपस्थिति रहेको थियो ।