काठमाडौं – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्वस्थ भएपछि अस्पताल गएका छन् ।


ADVERTISEMENT


सामान्य रुघा खोकीसहितको समस्या देखिएपछि स्वास्थ्य परीक्षणका लागि मेडिसिटी अस्पताल ललितपुर गएको प्रचण्डका प्रमुख स्वकीय सचिव रमेश मल्लले जानकारी दिए। अहिले उनको स्वास्थ्य परीक्षण जारी रहेको उनले बताए ।


ADVERTISEMENT

# # #


पछिल्लो केही दिनको दौडधुपको कारणले स्वास्थ्यमा समस्या देखिएको भएपनि अहिले अवस्था सामान्य रहेको उनको भनाइ छ । अस्वस्थ भएपछि आज महोत्तरी जाने कार्यक्रम स्थगित गरेर उनी घरमै आरामा गरिरहेका थिए ।