काठमाडौं – सर्वोच्च अदालतमा पत्रकारहरूलाई प्रवेशमा पूर्ण निषेध गरिएको छ । सर्वोच्चमा प्रधानन्याधीशका विरुद्ध  वकिल र न्यायाधीशहरु आन्दोलनमा रहेका छन् ।


ADVERTISEMENT


पत्रकारहरूलाई सर्वोच्च अदालत छिर्न छुट्टै कार्डको व्यवस्था गरिएको हुन्छ तर, आजबाट पत्रकारहरुलाई निषेध गरिएको हो ।


ADVERTISEMENT

# # #


सो कार्डबाट पनि छिर्न नदिएको पत्रकारहरूले बताए । ‘भित्रबाट कुनै पनि पत्रकारलाई छिर्न नदिनु भन्ने आदेश छ,’ स्रोतले भन्यो ।

नेपाल बार एसोसियसनले प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै सर्वोच्च अदालतको गेटमा निरन्तर धर्ना दिइरहेको छ ।