काठमाडौँ – गरिमा विकास बैँक लिमिटेडमा सहारा विकास बैंक लिमिटेड प्राप्ति (एक्विजिशन) भएको छ । सर्लाहीको मलंगवा–९ मा केन्द्रीय कार्यालय रहेको सहारा विकास बैंकले आइतबार प्राप्तिप्रश्चात गरिमा विकास बैंकका नामबाट एकीकृत कारोबार सुरु गरेको हो ।


ADVERTISEMENT


आइतबार मलंगवामा आयोजित एकीकृत कारोवार समारोहलाई प्रदेश २ का महिला वालवालिका एवं युवा तथा खेलकुद मन्त्री माननीय विरेन्द्र प्रसाद सिंहबाट समुद्धघाटन गरेका हुन् ।


ADVERTISEMENT

# # #


समारोहमा गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्द प्रसाद ढकालले उपस्थित सम्पूर्णलाई स्वागत गरे । यस्तै संचालक डा. आनन्द प्रसाद श्रेष्ठले धन्यवाद ज्ञापन गरेका थिए । साविक सहारा विकास बैँक लिमिटेडका अध्यक्ष सुगन्ध कुमार गुप्ताले सम्पूर्ण शेयरधनी, कर्मचारी तथा सरोकारवाला लगायत सम्पूर्णको मद्दतले प्राप्ति प्रक्रिया सफलतापूर्वक सम्पन्न गर्न सकेकोमा सम्पूर्णमा धन्यवाद ज्ञापन गरे ।

प्राप्ति पश्चात विकास बैंकको जारी तथा चुक्ता पूँजी ३ अर्ब ९४ करोड ८१ लाख ८३ हजार १०५ रुपैयाँ ८ पैसा पुग्ने छ । प्राप्ति पश्चात विकास बैंकको केन्द्रीय कार्यालय काठमाण्डौँ महानगरपालिका वडा नं. २ लाजिम्पाटस्थित गरिमा विकास बैँकको कार्यालय हुने छ । यस्तै एक्टेन्सन काउन्टर सहित १११ वटा शाखा कार्यालय हुने छन् ।

प्राप्ति प्रश्चात बैँकले शेयरधनी, सेवाग्राही, कर्मचारी लगायतका सम्पूर्ण सरोकारवालाहरुको सन्तुष्टिमा गुणात्मक वृद्धि भई समाजमा बैँकिङ् क्षेत्रप्रतिको जनविश्वास अझ दरिलो बन्दै जाने विश्वास लिएको छ ।