हेटौंडा – हेटौंडा उपमहानगरपालिका–९ हनुमानगेट नजिक बोलेरो गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ।


ADVERTISEMENT


पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा–९ मा भैंसी बोकेको बोलेरो गाडिले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो। मृत्यु हुनेमा मोटरसाइकल चालक मकवानपुर कैलाश गाउँपालिका–४ कालिकाटारका करिब २४ वर्षीय अविरल रिजाल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।


ADVERTISEMENT

# # #


पथलैयाबाट हेटौंडातर्फ आउँदै गरेको ना ३ च ११९३ नम्बरको बोलेरो गाडीले विपरीत दिशाबाट गइरहेको ना ३४ प ६०४४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रवक्ता प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए।