काठमाडौँ – सरकारले रेबिजविरुद्ध लगाइने रेबिजको इम्युनोग्लोबुलिनको सेवा सातै प्रदेशबाट सुरु गर्ने भएको छ ।


ADVERTISEMENT


स्वास्थ्य मन्त्रालयले बिहीबार काठमाडौंमा पत्रकार सममेलन गदै मंसिर ५ गतेबाट मुलुकका सातै प्रदेशबाट उक्त सेवा प्रदान गर्ने जनाएको हो । हाल टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालबाटमात्र रेविजको इम्युनोग्लोबुलिन प्रदान गरिदै आएको थियो । पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री विरोध खतिवडाले मंसिरको ५ गतेबाट सबै प्रदेशमा रेविज इम्युनो ग्लोबुनिको सेवाप्रवाह गर्ने व्यवस्था मिलाइएको जानकारी दिए ।


ADVERTISEMENT

# # #


मन्त्रालयका अनुसार प्रदेश १ को कोशी अस्पताल , प्रदेश २ को जनकपुर अस्पताल र नारायणी अस्पताल वीरगंज , बागमती प्रदेशमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौडा , भरतपुर अस्पताल चितवनबाट उक्त सेवा प्रदान गरिने छ । त्यस्तै गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, लम्विनी प्रदेशमा लुम्विनी अस्पताल, कर्णालीमा सुर्खेत अस्पताल र सुदूरपश्चिम प्रदेशमा सेति प्रादेशिक अस्पतालबाट रेबिज इम्युनो ग्लोबुनिको सेवाप्रवाह हुने मन्त्री खतिवडाले जानकारी दिए । त्यस्तै अन्य अस्पतालबाट पनि सेवा विस्तार गर्ने योजना गरेको उनले बताए ।

पत्रकार सम्मेलनमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. कृष्ण पौडेलले नेपालमा रेविजका कारण १५ देखि २० जनाको वार्षिक मृत्यु हुने गरेको जानकारी दिए । रेबिज लाग्न सक्ने जनावरले टोकेपछि घाउको वरीपरी सुईको माध्यमले लगाइने उक्त औषधीले ७ देखि १० दिन भित्र मात्र शरिले एन्टिबडी बनाउन थाल्ने महाशाखाले जनाएको छ ।