काठमाडौं – नेपालमा थप २४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा सात हजार १३६ वटा स्वाब नमुनाको परीक्षण गरिएकोमा २४२ जनाको नतिजा पोजिटिभ आएको हो । चार हजार १४५ नमुनाको पीसीआर परीक्षण गर्दा २०९ र दुई हजार ९९१ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ३३ जनामा संक्रमण देखिएको हो ।


ADVERTISEMENT


पछिल्लो २४ घण्टामा कोरोनाका कारण देशभर एकजनाको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार ४९५ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर ४४४ जना निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या सात लाख ९९ हजार ९८९ पुगेको छ ।


ADVERTISEMENT

# # #


हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या सात हजार ३०३ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ ।