खोटाङ – नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत खोटाङका प्रदेशसभा क्षेत्रीय अधिवेशनबाट पदाधिकारी चयन भएका छन् । हलेसीमा शनिबार बिहान सम्पन्न अधिवेशनको मत परिमाण अनुसार निर्वाचन क्षेत्र नं १ (क) को सभापतिमा राजेन्द्र राई निर्वाचित भएका छन् ।


ADVERTISEMENT


त्यस्तै उपसभापतिमा बालकुमार राई र मित्रलाल पुरी, सचिवमा राजन भट्टराई र ज्ञानेन्द्र राई तथा सह–सचिवमा पृथ्वीनारायण आचार्य र भूपेन्द्र खनाल निर्वाचित भएका छन् ।


ADVERTISEMENT

# # #


त्यस्तै निर्वाचन क्षेत्र नं २ को ९ख० को सभापतिमा दिनेशकुमार घिमिरे, उपसभापतिमा महेन्द्र राई र रामचन्द्र केसी, सचिवमा प्रविण राई र समराज राई तथा सह–सचिवमा राजकुमार बस्नेत र कमल प्रधान निर्वाचित भएका छन् ।

कांग्रेस खोटाङमा दुवै क्षेत्रको अधिवेशन सकिएसँगै नेताहरु सातौँ जिल्ला अधिवेशनको तयारीमा जुटेका छन् । जिल्ला सभापतिमा चारजना नेताले उम्मेदवारी दिने घोषणा गरेका छन् । पूर्वराज्यमन्त्री सर्वद्धन राई, पूर्वसभापति विष्णुकुमार राई, महासमिति सदस्य रविप्रकाश राई र महाधिवेशन प्रतिनिधि भूपेन्द्रकुमार राई सभापति पदका लागि उम्मेदवारी घोषणा गरेका हुन् ।