काठमाडौँ – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पेट्रोलियम पदार्थको मूल्यवृद्धिका विषयमा सरकार गम्भीर बन्न नसके सत्ताधारी पार्टीले नै ध्यानाकर्षण गराउने बताएका छन् ।


ADVERTISEMENT


पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिनुपर्ने भन्दै सत्तारुढ दल निकट विद्यार्थी संगठनको ज्ञापन पत्र बुझ्दै अध्यक्ष नेपालले जनतालाई नै समस्या हुने गरी भएको पेट्रोलियम पदार्थको मूल्यवृद्धिका सरकारको ध्यानाकर्षण गराउने बताएका हुन् ।


ADVERTISEMENT

# # #


उनले प्रधानमन्त्रीको कार्यव्यस्तताले यस विषयमा ध्यान नपुगेको हुन सक्ने जिकिर गरे । त्यस्तै नेपालले आपूर्ति मन्त्रालयमा मन्त्री नभएका कारण पनि समस्या भएको उल्लेख गर्दै मन्त्रीको नाम दिन आफ्नो पार्टी तयार रहेको धारणा राखे । पाइपलाइन जोडिसकेपछि पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको विषयमा सम्बन्धित निकायसंग बुझ्ने उनले आश्वासन दिए ।

विद्यार्थी संगठनहरुले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिनुपर्ने भन्दै ज्ञापन पत्र बुझाएका हुन् । उनीहरुले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नभए कडा आन्दोलन गर्ने चेतावनी पनि दिएका छन् ।