ललितपुर – हरिसिद्धि टौखेल सडक कालोपत्रे नगरेपछि स्थानीयबासी सडक नै बन्द गरेर प्रदर्शनमा उत्रिएका छन् । बाँडेगाँउ, सिभिलचोक ठैबमा डोरी, ड्रम, ढुंगालगायतका सामान राखेर सडक बन्द गरिएको ठैव बाँडेगाँउका कृष्णमुकुन्द महर्जनले जानकारी दिए ।


ADVERTISEMENT


ठेकेदारले सडक कालालोपत्रे गर्ने भने पनि कामै नगरेपछि सडक बन्द गरेर आन्दोलन गर्नुपरेको महर्जनले बताए । ग्राभेल गरेर त्यत्तिकै छाडेका कारण सडकमा खाल्डाखुल्डी धेरै परेको छ ।


ADVERTISEMENT

# # #


उनका अनुसार स्थानीयलाई बाँडेगाँउस्थित प्रहरी वृत्तबाट वार्ताका लागि बोलाइएको छ । गोदावरी नगरपालिका- १४ का वडाध्यक्ष जगतनाथ महर्जन सडक नबन्दा सास्ती भोगेका स्थानीयलाई आफूले सम्झाउने अवस्था नरहेको बताउँछन् ।

उनी भन्छन्, ‘खाल्टोका कारण धेरै मोटरसाइकल लडिसके । स्थानीयलाई सास्ती छ ।’ स्थानीय प्रशासन र मन्त्रालयमार्फत ठेकदारलाई ताकेता गरिएको उनले बताए ।

यो सडक कालोपत्रे गर्ने जिम्मा सीएम कन्ट्रक्सनले लिएको छ । केही समयअघि गोदावरीको बाँडेगाँउदेखि बसपार्कसम्म १६ मिटरमात्र कालोपत्रे गरिएको छ ।