ओखलढुंगा – नेपाली कांग्रेस ओखलढुंगाको जिल्ला कार्यसमिति’का लागि सदस्य पदमा उम्मेदवारी दिएका नेपाली कांग्रेसका युवा नेता अन्य नेताको तुलनामा फरक मत राख्छन् । उमेरले सानो भए पनि अनुभव र योग्ताका हिसाबले नेता राई अब्बल मानिन्छन् ।


ADVERTISEMENT


युवा नेता हुकुम राईले आफ्नो उम्मेदवारी घोषणा गर्दै गर्दा ओखलढुंगाको कांग्रेस समर्थकको मन जित्ने अभिव्यक्ति दिएका छन् । जसले हरेक कांग्रेसीको मन छुन्छ ।


ADVERTISEMENT

# # #


राईको वक्तव्य जस्ताको तस्तै

मेरो आत्माले भन्छ र सत्य पनि त्यही हो ओखलढुंगामा काङ्ग्रेस चुनाबमा पराजय हुनुमा लोकतान्त्रिक पद्धतिलाई मन नपरेर कम्युनिस्ट शासनलाई मन परेको हुँदै होइन ।

मलाई अझै सम्म बिश्वस छ ओखलढुंगामा लोकतन्त्र प्रेमीको संख्या बाहुल्य छ । त्यसैले काङ्ग्रेसको जित सुनिस्चित छ । तर हरेक काङ्ग्रेसले त्यो विभिन्न पात्रहरुबाट विभिन्न समयमा र परिस्थितिमा भएको हरेक गल्तीहरुलाई स्विकार्दै केलाएर,सच्चाउन जरुरी छ । सिएर हुन्छ कि टालेर हुन्छ जे जसरी हुन्छ त्यसरी नै मिलाएर काङ्ग्रेस ओखलढुंगाको संगठन दुरुस्त पार्नुपर्ने छ । मलाई यो संगठनको एक सच्चा सिपाही भएर काम गर्ने ठूलो रहर छ ।