काठमाडौँ– नेपाल राष्ट्र बैंकले १४ अर्ब ८१ करोड ३२ लाख रुपैँयाको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले ९१ दिन अवधिको दुई अर्ब २३ करोड ३२ लाख रुपैँया, १८२ दिन अवधिको १२ अर्ब ४७ करोड रुपैँया तथा ३६४ दिन अवधिको ११ करोड रुपैँयाको ट्रेजरीआज बोलक बोलमार्फत बिक्री गर्न लागेको हो ।


ADVERTISEMENT


बैंकका अनुसार ९१ दिने ट्रेजरी आगामी फागुन १० गते, १८३ दिने ट्रेजरी २०७९ जेठ १० तथा ३६४ दिने ट्रेजरी २०७९ मङ्सिर ६ गते परिपक्व हुनेछ । यसअघि यही कात्तिक २९ मा बैंकले ११ अर्ब ८५ करोड ५० लाख रुपैँयाको ट्रेजरी बिक्री गरेको थियो ।


ADVERTISEMENT

# # #



ADVERTISEMENT

#
#


ऋणपत्रको बोलकबोल अनलाइनमार्फत आज अपराह्न २ बजे खुला हुने बैंकले जनाएको छ । बोलकबोलमा सहभागी हुनेमध्ये सर्वाधिक अङ्क कबोल गर्नेलाई राष्ट्र बैंकले मङ्गलबार ट्रेजरी बिल जारी गर्नेछ । राष्ट्र बैंकले सरकारलाई आवश्यकपर्ने अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रियामार्फत प्रत्येक हप्ता यस्ता ऋणपत्र बिक्री गर्दछ । रासस

प्रतिकृया

प्रतिकृया