भरतपुर– आवासीय बालगृह सञ्चालन र व्यवस्थापनको मापदण्डबारे छलफल थालिएको छ ।


ADVERTISEMENT


देशभरका बालगृह व्यवस्थापनमा कमी कमजोरी देखिएकाले राष्ट्रिय बालअधिकार परिषद्ले आइतबार भरतपुरमा अन्तक्र्रिया कार्यक्रम गरेको हो ।


ADVERTISEMENT

# # #


आवासीय बालगृह सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड २०६९ र विद्यमान कानूनी व्यवस्था विषयक अन्तर्क्रियामा बालगृह सञ्चालक तथा पदाधिकारीको सहभागिता थियो ।

कार्यक्रम शुभारम्भ गर्दै महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले बालबालिकाको रेखदेखमा सक्रिय रहेको बालगृह व्यवस्थित रुपमा सञ्चालन हुनुपर्ने बताए । उनले धेरै बालगृह व्यवस्थित रहेपनि अझै व्यवस्थित गर्न आवश्यक रहेको जनाए ।

अन्तर्क्रियामा सुनिता शाहले उक्त विषयमा प्रस्तुत गरेको कार्यपत्रमा सरोकार निकायका प्रतिनिधिले मापदण्ड बनाउन र बालगृह सञ्चालनका विविध विषयमा सुझाव दिएकी थिइन् । कार्यक्रम परिषद्का कार्यकारी निर्देशक मिलनराज धरेलको अध्यक्षतामा भएको थियो । रासस