काठमाडौं – हेलम्बू गाउँपालिका-७ सुर्सिङमा आगलागी हुँदा ३ जना बालकको मृत्यु भएको छ ।


ADVERTISEMENT


आज ९सोमबार० साँझ करिब ७ बजे सुर्सिङका सञ्चै तामाङको एकतले घरनजिकै रहेको गोठमा आगलागी भएको हो । आगलागीबाट तामाङका ६ वर्षीय छोरा मनोज तामाङ, सुकुमान तामाङका ५ वर्षीय छोरा मनिष तामाङ र साइँला तामाङका ५ वर्षीय छोरा दिलबहादुर तामाङको घटनास्थलमै मृत्यु भएको हो ।


ADVERTISEMENT

# # #


गोठमा थुपारिराखेको मकैको ढोड र सुकेको नल सल्किँदा आगलागी भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । जिल्ला प्रहरी प्रमुख एसपी राजन अधिकारीले घरमा अभिभावक कोही नहुँदा लागेको आगो ननिभाउन नसकेकाले मानवीय क्षति हुन पुगेको बताए ।

गोठमा रहेको लाइटर बालकहरूले खेलाउँदा आगलागी भएको अनुमान गरिएको उनले बताए । आगलागी हुँदा तामाङको गोठमा बालकहरू मात्र रहेको बताइएको छ।