सोलुखुम्बु – सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा आफ्नै बुबाको एसिड प्रहारबाट छोराछोरी घाइते भएका छन् ।


ADVERTISEMENT


सोलु दूधकुण्ड नगरपालिका ५ वसन्तबजारका अन्दाजी ५५ वर्षका मोहन बराइलीले गएराति ८ बजे छोराछोरी माथि एसिड प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।


ADVERTISEMENT

# # #


एसिड लागेर २५ वर्षका छोरा र १६ वर्षकी छोरी घाइते भएका छन् । उनीहरुको जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिए। उनका अनुसार घाइतेमध्ये छोराको अवस्था गभ्मीर छ ।

एसिड प्रहार गर्ने बराइलीलाई प्रहरीले पक्राउ गरेको छ । उनले जाँड रक्सी खाएर एसिड प्रहार गरेका खुल्न आएको प्रहरीले जनाएको छ ।