काठमाडौं – पूर्वी बुल्गेरियाको एउटा नर्सिङहोममा आगलागी हुँदा ९ जनाको मृत्यु भएको छ । आगलागीमा परी गम्भीर घाइते भएकाहरुलाई उपचारका लागि अन्यत्र लगिएको छ ।​


ADVERTISEMENT


रोयाकको पुरानो विद्यालय भवनलाई केयर होममा परिणत गरी उपचार सेवा दिइएको थियो । सोही भवनमा स्थानीय समय अनुसार साँझ ६ बजे बेलुकाको खानाको तयारी भइरहेका बेला अचानक आगलागी भएको हो ।


ADVERTISEMENT

# # #


आगलागी भएको भवनको छानाबाट कालो बाक्लो धुँवाको मुस्लो निस्कएको अग्नी नियन्त्रकले बताएका छन् । आगलागी भएको भवनको तल्लो तलाबाट भवनमा फसेका नागरिकलाई उद्दार गरिएको बताएका छन् ।


ADVERTISEMENT

#
#


भवनमा कति जना थिए र आगलागीको कारण के थियो भन्ने थाहा हुन सकेको छैन । यस विषयमा थप छानविन र अनुसन्धान हुने बताइएको छ ।

प्रतिकृया

प्रतिकृया