काठमाडौं – प्रधानन्यायाधीश जबराको राजीनामा मागेर आन्दोलनरत बार एसोसिएसनले आज(बुधबार) देशभरका उच्च अदालतमा विरोधसभा गर्दै छ।


ADVERTISEMENT


चौथो चरणको आन्दोलनअन्तर्गत विरोधसभा गर्न बारले सबै उच्च अदालतमा केन्द्रबाटै प्रतिनिधि पठाएको छ । बारले निरन्तर प्रधानन्यायाधीशको राजिनामा माग्दै आएको छ ।


ADVERTISEMENT

# # #


निरन्तरको आन्दोलनको पनि सुनुवाइ नभएपछि बारले देशैभरका अदालतमा विरोध सभा गर्न लागेको हाे । आफूहरुको  माग पुरा नभए यसैगरी निरन्तर आन्दोलन गरिररहने बारकी उपाध्यक्ष रक्षा बस्यालले बताइन् ।