काठमाडौँ – युवा गायक आयुस्मान बिस्टको स्वरमा समावेश ‘पोखरेली नानी’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।


ADVERTISEMENT


प्रेमिल शैलीको यस गीतलाई वरिष्ठ संगीतकार वसन्त सापकोटाले संगीतवदबद्ध गरेका हुन् ।


ADVERTISEMENT

# # #


गीतमा कुशल कुमार खनालको शब्द एवमसंजीव बराइलीको संगीत संयोजन रहेको यस गीतको भिडियोमा युवा–युवतीबीचको प्रेम र आकर्षणको कथा लाई चित्रण गरिएको छ ।

यसैगरि, भिडियोमा भने कुन्साङ बोम्जन, बिना राउत, दिक्षा रिसाल र स्वयम् गायक आयुस्मान बिस्ट फिचर्ड देख्न सकिन्छ । सुबोल थापाले कोरियोग्राफी गरेको भिडियोलाई बुद्ध थापाले छायांकन गरेका हुन् । विकाश दाहालको भिडियोमा सम्पादन रहेको छ। पुष्पान्जली थापा बिस्ट निर्मात्री रहेको भिडियोलाई अनुप चापागाईको निर्देशनमा तयार पारिएको हो ।

भिडियो हेर्नुहोस् :