जाजरकोट – जाजरकोटमा बस दुर्घटना हुँदा कम्तीमा ५ जनाको मृत्‍यु भएको छ । नेपालगन्जदेखि जाजरकोटको राडिबजार जाँदै गरेको ना छ ख २७५७ नम्बरको रात्री बस कुदु बराहचोक नजिक दुर्घटना हुँदा कम्तीमा ५ जनाको घटनास्थलमै मृत्यु भएको हो ।


ADVERTISEMENT


जाजरकोटका डीएसपी मधुकुमार थापाले जानकारी दिएअनुसार घटना रातको समयमा भएको कारण विशेष सुरक्षा दिन पनि समस्या भएको थियो ।


ADVERTISEMENT

# # #


उनका अनुसार बसमा ३२ जना यात्रु सवार थिए । घाइते रहेका २७ जनाको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ । राती नै बस दुर्घटना भएपनि प्रहरी भने बिहान मात्रै घटनास्थल पुगेर उद्धारको काम सुरु गरेको थियो ।