काठमाडौं – प्रहरीले काठमाडौंबाट जिउँदो सुन कछुवासहित चार जनालाई पक्राउ गरेको छ । दुर्लभ मानिएको सुन कछुवा एक संरक्षित जीव हो । यसलाई संरक्षित जीवको सूचिमा सूचीकृत गरिएको छ ।
जिउँदो सुन कछुवासहित चार जना काठमाडौं महानगरपालिका–१३, सोल्टीदोबाटोबाट पक्राउ परेको प्रहरीले बताएको छ ।
पक्राउ पर्नेमा बालाजुका ४४ वर्षीय सञ्जय तामाङ, तनहुँ सुधेकुना नगरपालिका–१० घर भई माछापोखरी बस्ने २२ वर्षीय प्रकाश खाती, दोलखा गौरीशंकर गाउँपालिका–८ घर भई बूढानीलकण्ठ बस्ने ३३ वर्षीय राजकुमार तामाङ र तनहुँ भानु नगरपालिका–३ घर भई रानीबारी बस्ने ४२ वर्षीय हरि परियार रहेको प्रहरी स्रोतले जनाएको छ ।
उनीहरूलाई थप अनुसन्धानपछि कारबाहीका लागि डिभिजन वन कार्यालय हात्तिसार, काठमाडौं पठाइने प्रहरीको भनाइ छ ।